
बझाङ – बझाङमा सेती नदीमा डुबेर एक युवक बेपत्ता भएका छन । बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका प्रकाश बम सेती नदीमा बगेर बेपत्ता भएका हुन ।
शुक्रवार साँझ सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बम बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले बमको खोजी कार्य जारी रहेको जनाएको छ ।


















