खाेज्नुहाेस

घण्टौ हिडेर खानेपानीको जोहो गर्दै बुंगलबासी

Image

बझाङ – बझाङको बुंगल गाउँपालिका वडा नं. ६ मा खानेपानीको हाहाकार भएको छ । सोलार लिफ्टिङ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजना विग्रिदा ४ महिनादेखी वडामा खानेपानीको समस्या भएको हो । आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि धारामा पानि आउन बन्द हुँदा खानेपानीको समस्या भएको बताईएको छ ।

खानेपानी बन्द हुँदा घण्टौ हिडेर पानी बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीय हर्कबहादुर बोहराले बताए । उनले सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको बताए ।

attariya hospital

आयोजनामा घाम लागेको दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयले जनाएका छन् । स्थानीय कलसी धामीले ५–६ परिवारका लागि एउटा धारा निर्माण गरिएको भएपनि धारामा पानी नआउने गरेको बताईन । उनले खानेपानी आयोजना विग्रिदा पानीको निकै अभाव रहेको बताईन । गाउँका २५ घरधुरीले ४ महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ ।

navjiwan hospital

खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताए । उनले भने, ‘स्कुले केटाकेटी पानी ल्याउन जान्छन । पानी बोक्दाबोक्दै स्कूलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कूल आउँदैनन् ।’

बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विक्रम संवत् २०७७ सालमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । ३ किलोवाट क्षमताको सौर्य ऊर्जाबाट १ हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो ।

लिफ्टिङ खानेपानी बिग्रिँदा पनि परियोजनाले नै मर्मतका लागि सहयोग गर्ने गरेको थियो तर गत असारबाटै जिल्लामा परियोजनाको कार्यावधि सकिएर अब आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै काम गर्न छाडेपछि समस्या भएको स्थानीयले बताएका छन् ।

बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी परियोजनाका अध्यक्ष कल्यान धामीले जिल्लाभित्र लिफ्ट प्रविधि सम्बन्धी ज्ञान भएको दक्ष प्राविधिक नभएपछि दक्ष प्राविधिक काठमाडौंबाट ल्याउनुपर्ने र आफूहरूसँग आर्थिक स्रोत नभएका कारण काठमाडौंबाट प्राविधिक ल्याउन नसकिएको बताए ।