बझाङ – बझाङक एक वृद्धाले ८३ वर्षमा नागरिकता पाएकी छन । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी हुन । सोमबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो ।

यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

थापाको पहिले बनाएको नागरिकता एक वर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता बीचमै रोकिएको छविसपाथिभेरा गाउँपालिका–४ का वडाध्यक्ष अम्मराज थापाले बताए । नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो समेत खुलेको उनले बताए ।
















