खाेज्नुहाेस

गाउँप्रहरी भर्ना गर्दै तलकोट गाउँपालिका

Image

बझाङ – बझाङको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्तिसुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँप्रहरी भर्ना गर्न लागिएको हो ।

गाउँ प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर तलकोट गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो । बझाङका १२ स्थानीय तहमध्ये प्रहरी भर्ना गर्ने जयपृथ्वी नगरपालिका पहिलो र तलकोट गाउँपालिका दोस्रो हो ।

attariya hospital
navjiwan hospital

‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन् । ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ ।, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ’, गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले भने, त्यसैले । सात गाउँ प्रहरी जवानको भर्ना प्रकिया सुरु गरेका हौँ ।’ अहिले भर्ना भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन् ।

नेपाल प्रहरीले गाउँपालिका भित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि गाउँका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकेको अध्यक्ष रोकायाले बताए । गाउँपालिकाले गाउँ प्रहरी भर्नाको लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।

गाउँपालिका भित्र कुनै अभियोग नलागेका कानूनले अयोग्य ठहर नगरेका विपन्न बेरोजगार युवालाई प्राथमिकता दिने सूचनामा उल्लेख गरिएको छ । गाउँप्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो छ । गाउँप्रहरीको पारिश्रमिक गाउँपालिकाले तोकेबमोजिम हुनेछ ।