प्रदिप मलासी/बझाङ – बाजुरामा रिया कार्यक्रमको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सोमबार जयपृथ्वी नगरपालिका बझाङका जनप्रतिनिधि स्वास्थकर्मी किशोरी प्रतिनिधि बाल शिक्षकअन्य कर्मचारी लगाएतको सहभागितामा कार्यक्रमको परिचयात्मक बैठक सम्पन्न गरेको हो ।
नर्वेजियन राजदुताबासको आर्थिक सहयोग र संयुक्त राष्ट्र संघिय जनसंङख्या कोषद्वारा संचालित रिया कार्यक्रमले जिल्लाको ४ वटा पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, बिथ्थडचिर गाउँपालिका र केदारस्यु गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र निर्धारण गरेको छ ।


केन्द्रमा स्वास्थ्य विभाग प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्लामा स्थानीय सरकार संगको समन्वयमा अगाडि बढाइने रिया कार्यक्रमले विशेष गरि किशोरकिशोरी युवाहरुलाई केन्द्रित गरि परिवार नियोजन अपरिपूर्ण माग न्यूनिकरणका लागि योगदान पु¥याउने लक्ष्यका साथ अघि बढ्ने जनाइएको छ ।
रियाले मुख्यतया यौन तथा प्रजनन स्वास्थ्थ अधिकार लैङ्गीक समानता र महिला शसक्तिकरण, जनसङख्या तथा तथ्याङ्क, विपदमा मानविय सहयोगका क्षेत्रमा काम गर्ने भएको छ ।
मानवका लागि चेतनाको स्तर वृद्वि गर्ने कार्य महत्वपूर्ण भएकाले रियाले समाज र समुदायको जीवन स्तर परिवर्तन भूमिका खेल्नेमा आफू आशावादी गरको जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताएका छन ।
डिसेम्बर २०२२ देखि डिसेम्बर २०२५ सम्म संचालन हुने कार्यक्रमले लैङ्गीक समानता, किशोर किशोरी महिला केन्द्रित कार्यक्रम गर्ने जनाएको छ ।
















