बझाङ – बझाङमा बाघको आक्रमणमा परेर १ जना घाइते भएका छन । खप्तडछान्ना गाउँपालिकामा रहेको पाटादेवल नजिकै खप्तडको फेदमा रहेको जङ्गलमा भेडा,च्याङ्ग्रा चराईरहेको बेला बाघको आक्रमणमा परेर हुम्ला सिमिकोट–७ घर भई बझाङमा भेडा च्याङ्ग्राको ब्यवसायी गर्दै आएका राजमल शाही घाइते भएका हुन ।

बाघले आक्रमणबाट शाहीको खुटा र हातमा चोट लागेको उनका आफन्त यज्ञ बहादुर शाहीले बताएका छन ।

घाइते शाहीको खप्तडछान्ना गाउँपालिकाको शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

















