खाेज्नुहाेस

बझाङमा मुक्त हलियाहरुको पैरवी सम्बन्धी ३ दिने तालिम सम्पन्न

Image

प्रदिप मलासी/बझाङ – मुक्त हलिया सशक्तिकरण परियोजना (अधिकार) ले मुक्त हलियाहरुको पैरवी तथा राजनीतिक सहभागिता सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । बझाङको सदरमुकाम चैनपुरमा थलारा गाउपालिकाका ९ जना र जयपृथ्वी नगरपालिकाका १४ जना गरि २४ मुक्त हलिया र छुटमुक्त हलियाहरुको सहभागितामा तालिम आयोजना गरिएको हो ।

उक्त ३ दिने तालिममा हलिया समुदायको वर्तमान अवस्था र सो अवस्थाको बिषयमा परियोजनाले गर्नु पर्ने आगामी कार्य र स्थानीय सरकार संगको सम्बन्ध बिस्तार साथै नेतित्व तहमा मुक्त हलिया समुदाय न्यायोचित सहभागिता बिषयमा छलफल साथ कक्षा संचालन गरिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

बझाङ जिल्लामा रहेका २८४८ मुक्त हलिया परिवार मध्ये करिव २१ सय परिवार आवास पुनस्थापना प्याकेजमा सहभागी भए पनि मुक्त हलिया समुदायको प्रत्येक्ष जीवन स्तर र दैनिकी जिउका तिउ रहेका बेला युरोपियन युनियनको आर्थिक सहयोग र राष्ट्रिय मुक्त हलिया समाज महासंघको आयोजना संचालित अधिकार परियोजनाले पटक पटक मुक्त हलिया समुदाय राज्यका हरेक सेवा सुविधा पहुँच बिस्तार गराउन आयआर्जन अधिकार र व्यवशायिक मुलक कार्यक्रम गर्दै आएको छ ।

हलो जत्नु कुनै अपराध नभएको र हलो जोते बाफत वा काम अनुसारको पारिश्रमिक नपाएकै कारण मुक्त हलियाको दैनिकी चलाउन निकै समस्याका हुने गरेको अवस्थाले गर्दा यो एक आन्दोलनको सुरुवाद भए हो ।

यसलाई राज्यले कुनै पूर्वाग्राही भावना नगरीमुक्त हलिया समुदाय राजनीतिक सहभागितामा सहित पहुँच पुग्ने व्यवस्थाको सुरुवाद गराउन हाम्रो आन्दोलनले निरन्तरता लिदै जाने मुक्त हलिया समाज महासंघका महासचिब मंगल सार्कीले बताए ।
पुनस्थापना प्याकेज मात्र हलिया समुदायका लागि सबै कुरा नभएकाले नीति योजना र बजेट बिषयमा सहित हलिया समुदायलाई हेर्ने दृष्टि सहि हुन पाए मुक्त हलिया समुदाय अवस्था माथी सुधार गर्न कुनै ग्राह्रो नहुने अधिकार परियोजनाका टिम लिडर चक्र आग्रीले बताए । मुक्त हलिया समुदाय पनि राज्यकै नागरिक भएकाले संघिय व्यवस्था अनुसारै हलिया समुदायको नेतित्वमा सहभागिता र अधिकार युक्त बनाउन परियोजना लागि पर्ने टिम लिडर आग्रीले बताए ।

परियोजनाले आगामी दिनमा हलिया समुदायको विकास र मुक्तिका सवालमा निरन्तर कार्य गर्दै आउने गरेको छ ।