खाेज्नुहाेस

खप्तडछान्ना गाउँपालिकामा प्रारम्भिक बालविकास क्षमता अभिवृद्वी तालिम संचालन

Image

प्रदिप मलासी/बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिकामा १० दिने प्रारम्भिक बालविकास क्षमता अभिवृद्धि तालिम सुरु भएंको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा प्रारम्भिक बालविकास क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो । तालिमको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले उद्घाटन गरेका छन ।

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद सोती र पुर्ब गाउँपालिका तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष रोकायाले प्रारम्भिक बालविकास तालिम अतिनै महत्वपुर्ण रहेकोले सक्रिय भएर सिक्न आग्रह गरे । उनले बालविकासलाई सबल बनाउन र बालविकास शिक्षकको हकहितको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

godawari nagarpalika dadhelo
attariya hospital

निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद सोतीले बाल विकास महत्वपूर्ण भएको हुँदा तालिममा सक्रिय भएर सिकेका सिप कक्षामा लैजान आग्रह गरे । उनले आगामी दिनमा सरकारले उपलब्ध गराउने बालबिकास सम्बन्धि सहयोग बालबिकास व्यवस्थापनमा नै खर्च गर्ने वातावरण मिलाउने प्रतिवद्धता गरे । पुर्व गाउँपालिका अध्यक्ष रोकायाले सिकेका सिपलाई अनिवार्य कक्षाकोठामा लागू गर्न र कार्यान्वयनको लागि विद्यालय अनुगमनमा ध्यान दिन सरोकार वालालाइ सुझाव दिए ।

navjiwan hospital

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले बालविकास सिकाइको जग भएकोले बच्चाको शारीरिक विकास, बौद्धिक विकास, सामाजिक विकास, संवेगात्मक विकास र भाषिक विकास क्षेत्रमा बालबालिकाको लागि वातावरण तयार गर्न बालविकास शिक्षकको क्षमता अभिबृद्धि तालीमको आयोजना गरिएको बताए । बालविकासको समग्र व्यवस्थापनमा सुधार ल्याउन आवश्यक रहेकोले तालिम प्रश्चात बालबिकासको क्षेत्रमा सुधार आउने आशा राख्दै तालिममा सक्रिय भएर सीप सिक्न र कक्षा कोठामा लागू गर्न अनुरोध उनले गरे ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुमा छलफल हुने जनाइएको छ ।

तालिममा गाउँपालिकाका ३७ विद्यालयका ३८ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण बालबिकास बिज्ञ डा .मिनाक्षी दाहाल र मिना ढुङ्गेलले गरिरहेका छन । रीड नेपालले खप्तडछन्नाका गाउँपालिकाका आधारभूत तहका १९२ शिक्षकहरुलाई बालमैत्री सिकाइ तालिम र आवश्यक शैक्षिक सामाग्री दिइसकेको रिड नेपाल बझाङका जिल्ला शिक्षा संयोजक जनक राज जोशीले बताए ।

बिगत २ वर्ष देखि रिड नेपालले बझाङ जिल्लाका विभिन्न पालिकाहरुमा शिक्षामा रुपान्तरण गर्न शैक्षिक सुधार गतिविधि गर्दै शिक्षामा उल्लेखनिय सुधार गरेको छ । यस पूर्व रिड नेपालले जयपृथ्वी नगरपालिका बझाङका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण र किशोर किशोरी सूचना केन्द्रको निर्माण साथ शिक्षामा चेतना विकासका क्षेत्रमा काम गर्दै आएको छ । तालिमा फागुन २ गते सकिने छ ।