खाेज्नुहाेस

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
navjiwan hospital

बझाङ – बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टर चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्रयाक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital