खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  बुंगल नगरपालिका -६ लिसड कि २६ वर्षीया दुर्गा देवि धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएकी उनलाई उपचारका लागी धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतक धामीका २ छोरा र २ छोरी रहेका छन् । श्रीमान् रोजगारको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital