प्रदिप मलासी/बझाङ – मर्यादित महिनावारी स्वच्छता व्यवस्थित बनाउन जनप्रतिनपधिलाई गरिमा परियोजनाले २ दिने तालिम दिएको छ । बझाङ्गको खप्तडछान्ना गाउँपालिका र खप्तड छेदेदह गाउँपालिकाका २९ जना महिला जनप्रनिधिलाई छाउपडी प्रथा अन्त्य गर्न चेतनामुलक तालिम दिएको हो ।
ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारीमा संचालित गरिमा परियोजनाले गाउपालिकाका महिला कार्यपालिका सदस्य महिला वडा सदस्य दलित महिला सदस्यहरुलाई मर्यादित महिनावारी स्वच्छता सम्बन्धित मानसिक यौन तथा प्रजनन स्वास्थ्थ र तनाब व्यवस्थापन बिषयमा तालिम दिएको थियो ।


करुणा ट्रष्ट, जर्मन संघिय सरकार र करुणाको आर्थिक तथा प्राबिधिक सहयोग र रिड नेपाल र ग्रिनतारा नेपालको संयुक्त साझेदारी संचालित गरिमा परियोजनाले बिगत लामो समय देखि मर्यादित महिनावारि, सुरक्षित मातृत्व सेवा छाउपडी न्युनिकरणका सवालमा समुदाय र विद्यालय , स्थानीय सरकारका क्षेत्रमा विभिन्न चेतनामुलक कार्य गर्दै आएको छ ।
समाजमा बिध्यमान हानिकरण कुप्रथाको रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने गरिमा परियोजनाले समुदायस्तरमा आमा समुहलाई सरसफाई सामाग्री अन्तरगत साबुन, कोलगेट ब्रस, प्याड र विद्यालय क्षेत्रमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि शिक्षकलाई तालिम, प्रत्येक विद्यालयमा किशोरी क्लव गठन, महिनावारी स्वच्छता सम्बन्धि नियमित बैठक शौचालय खानेपानी निर्माण, फोहर व्यवस्थापन ईन्सुलेटर लगाएका कार्यमा सक्रिय भुमिका खेलेको छ ।
समाजको सेवा गर्न ध्यान दिदा दिदै आफ्नो स्वास्थ्यको ख्याल गर्न बिर्सने र तनाबलाई सहि व्यवस्थापन गरि जनप्रतिनिधिले जनताको सेवा गर्न सहयोग पुर्याउने उद्वेश्यले यो तालिमको आयोजना गरिएको तालिम कि प्रशिक्षक सरता प्रधानले बताएकी छन ।


छाउहुनु प्राकृतिक कुरा भएकोले यसवाट महिलाहरुलाई महिनावारीको प्रियडमा स्वास्थ्थमा समस्या उत्पन्न हुने र मिठो खाने कुरा वाट बन्चित गराउने कार्यले महिला दिदीबहिनीको स्वास्थ्थमा ठूलो समस्या आई लाग्ने र मृत्युदर बढदोक्रम रुप लिने भएकाले यसमा स्थानीय सरकार महिला जनप्रतपनिधले सजक रहन प्रशिक्षक प्रधानले बताईन ।
छाउपडी प्रथा महिला माथीको ठूलो हिंसा भएकाले यसलाई समाज वाट हटाउन सबै मानिसको मानसिक सुधार गर्नु पर्ने र यसलाई व्यवस्थापन नगर्दा समाजमा ठूलो घटना गर्दै जाने रिड नेपाल गरिमा परियोजनाफिल्ड मेनेजर बिक्रमराज जोशीले बताएका छन ।
कार्यक्रम कार्यक्रमका लागि मात्र नभएर जीवन सहज पार्न भएकाले मर्यादित महिना वारि स्वच्छता लाई पूर्ण कार्यन्वयनमा ल्याउन तालिमका सहभागीहरुलाई ग्रिनतारा नेपाल गरिमा परियोजना सिनियर मेनेजर सलिता गुरुङ्ग आग्रह गरेकी छन ।

छोरीचेलीलाई विद्यालय पठाउने र शिक्षा दिक्षाको उचित व्यवस्था मिलाए समाजमा रहेको कुसंकार छाउपडी प्रथाको अन्त्य गर्न सकिने भएकाले छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तहमा अगुवाई गर्ने महिला जनप्रतिनिधिको मुख्य भुमिका रहने नयाँ पुस्ताको आगमनले खुशीयाली जीवन जिउन सक्ने देखिन्छ ।



















