खाेज्नुहाेस

बझाङमा छाउपडी प्रथाको अन्त्यका लागि महिला स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइयो

Image

प्रदिप मलासी/बझाङ – छाउपडी प्रथा अन्त्यका लागि गरिमा परियोजनाद्वारा २ पालिकाका १५ महिला स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइएको छ । ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारीमा संचालित गरिमा परियोजनाले बझाङको खप्तडछान्ना गाउँपालिका र खप्तड छेडदेह गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना महिला स्वास्थ्यकर्मीलाई मर्यादित महिनावारी स्वच्छता सम्बन्धि सम्मानजनक मातृ सेवा र मानसिक स्वास्थ्य सेवा बिषयमा तालिम दिएको हो ।

लैङ्गिक हिंसा विरुद्वको अभियान चलिरहेकै समयमा दुई जिल्लाका १५ महिला स्वास्थ्यकर्मी अनमी, स्टापनर्स, सिएमहरुलाई सम्मानजनक मातृ स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्यको हेरचाह सम्बन्धी विषयमा केन्द्रित रहेर परियोजनाले तालिमको आयोजना गरेको छ । त्यसैगरी गरिमा परियोजनाले मर्यादित महिनावारी स्वच्छता र विपद जोखिम न्यूनिकरण सम्बन्धि खप्तडछान्ना गाउँपालिकाका ८ विद्यालयका १६ जना र खप्तडछेडदेह गाउँपालिका ९ विद्यालयका १८ शिक्षकहरुलाई पनि तालिम दिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

छाउपडी प्रथा महिला माथीको ठूलो हिंसा भएकाले यसलाई समाजबाट हटाउन सबै मानिसको मानसिक सुधार गर्नु पर्ने रिड नेपाल गरिमा परियोजनाका फिल्ड मेनेजर बिक्रमराज जोशीले बताए ।

navjiwan hospital

कार्यक्रम कार्यक्रमका लागि मात्र नभएर जीवन सहज पार्न भएकाले मर्यादित महिनावारि स्वच्छतालाई पूर्ण कार्यान्वयनमा ल्याउन तालिमका सहभागीहरुलाई ग्रिनतारा नेपाल गरिमा परियोजना सिनियर मेनेजर सलिता गुरुङ्गले आग्रह गरिन् ।

करुणा ट्रष्ट, जर्मन संघिय सरकार र करुणाको आर्थिक तथा प्राविधिक सहयोग र रिड नेपाल र ग्रिनतारा नेपालको संयुक्त साझेदारी संचालित गरिमा परियोजनाले बिगत लामो समय देखि मर्यादित महिनावारि ,सुरक्षित मातृत्व सेवा छाउपडी न्युनिकरणका सवालमा समुदाय र बिध्यालय क्षेत्रमा विभिन्न चेतनामुलक कार्य गर्दै आएको छ ।

समाजमा विद्यमान छाउपडी प्रथाको अन्त्य गर्ने गरिमा परियोजनाले समुदायस्तरमा आमा समुहलाई सरसफाई सामाग्री अन्तरगत साबुन, कोलगेट ब्रस,प्याड र विद्यालय क्षेत्रमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी शिक्षकलाई समेत तालिम दिर्दै आएको छ ।

परियोजनाले प्रत्येक विद्यालयमा किशोरी क्लव गठन, महिनावारी स्वच्छता सम्बन्धी नियमित बैठक, शौचालय खानेपानी निर्माण, फोहर व्यवस्थापन ईन्सुलेटर लगाएका कार्यमा सक्रिय भूमिका खेल्दै आएको छ । यस्तै परियोजनाले खप्तड मावि कालुखेती र महेश्वरी मावि गडरायलाई महिनावारी स्वच्छता व्यवस्थापन कर्नन, कुना, हटव्याग, तातोपानी थर्मस लगाएतका सामाग्री उपलब्ध गराएको छ ।