खाेज्नुहाेस

शनिबार रातिको भूकम्पले बझाङमा घर भत्कियो, स्थानीयले घर बाहिरै बसेर रात काटे

Image

बझाङ – बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ .४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनएको छ ।

navjiwan hospital

केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज आसपास भूकम्पका पराकम्पनसमेत गई रहेका छन् । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्प सदूरपश्चिम प्रदेशमा विगत ४० बर्ष यताको सबैभन्दा ठूलो थियो । त्यसको केन्द्र बिन्दु समेत खप्तडमा रहेको थियो । सो केन्द्र बिन्दु नजिकै रहेको पाटादेबलमा केन्द्र बिन्दु बनाएर शनिवार राति आएको भुकम्पले खप्तड छान्ना गाउँपालिका – ४ बस्ने ईश्बर प्रसाद जोशीको घर भत्केको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

गाउँपालिका भित्रका अधिकांस घरहरु चर्केर बस्न योग्य समेत नभएका स्थानीय ईश्बर प्रसादले बताए । उनका अनुसार आफ्नो दुबै घर भत्केको र अन्य गाउँका कसको कती क्षती भयो भन्ने जानकारी भईसकेको छैन । घर भत्के पनि मानविय क्षति नभएको जोशीले बताए ।

भुकम्पका कारण यहाँको स्थानिय त्रसित बनेका छन । अहिले स्थानीय फेरि भुकम्प आउन सक्ने डरले घर भन्दा बाहिर आगो वालेर बसिरहेका छन् । बझाङका प्रमख जिल्ला अधिकारी बाबुराम अर्यालले कुनै मानबिय क्षती नभएको बताउँदै पाटादेबल प्रहरी चौकी , खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको नेपाली सेनालाई परिचालन गरिएको बताए । गाउँपालिका भरि झण्डै एक सय भन्दा बढी घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।