खाेज्नुहाेस

१५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग

Image

बझाङ – बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै बिजुली बत्ती बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् ।

गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि छन् । ती तार र पोल स्थानीय बासिन्दाले कपडा सुकाउन प्रयोग गरेको १५ वर्ष बित्न लागि सकेको छ । सरोकारवाला निकायले विद्युत् बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरिकहरुको बिजुली बत्ती बाल्ने आशा निराशामा परिणत हुन थालेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

गाउँ नजिकै पालगाड खोला छ । त्यो खोलाबाट २०६५ सालमा लाखौँको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत् योजना निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

विद्युत् सञ्चालन भएको केही समय नपुग्दै पालगाडले कटान गर्दै नहर भत्कायो र ठाउँठाउँमा पहिरो गयो । त्यो विद्युत् सञ्चालन गर्ने आँट न तत्कालीन कोटदेवल गाविसले गर्यो न त तत्कालीन जिल्ला विकास समितिले नै ।

विद्युत् सञ्चालनका लागि कसैले पहल नगरेका कारण भएका विद्युतका औजार तथा उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

स्थानीय समाजसेवी जगदिशबहादुर भण्डारीले भने ‘स्थानीय सरकार आएपछि त बिजुली बत्ती बाल्न पाइन्छ कि भन्ने आशामा थियौँ, पटक पटक स्थानीय सरकारसँग विद्युत् पुनः निर्माण तथा राष्ट्रिय प्रसारण लाइन जोडी दिन आग्रह गर्दै आयौँ, तर त्यो पूरा हुन सकेन ।’