कञ्चनपुर – कञ्चनपुरमा ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदम विजेता खेलाडी, प्रशिक्षकलाई सम्मान गरिएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिले मंगलबार एक कार्यक्रमका विच कर्भडहलमा ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्लाबाट सहभागि भई पदम प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई सम्मान गरेको हो । पोखरामा सम्पन्न भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न खेल विदामा सहभागि भई रजत, कास्य, स्वर्ण पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरीले बताए ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ६ सय १८ खेलाडी मध्ये कञ्चनपुरका २ सय २३ खेलाडी सहभागि भएको बताए । सुदूरपश्चिमबाट १९ र कञ्चनपुरबाट १४ खेलका लागि सहभागि मध्ये ७ स्वर्ण, ५ रजत र ४५ कास्य पदक पाईएको अध्यक्ष खडकाले बताए । कार्यक्रममा बिशिष्ठ अतिथि रहेका भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिए । समाजिक विकास समितिका संयोजक समेत रहेका भट्टले आगामी दिनका खेलकुद विकासका लागि पालिकाका तर्फबाट प्रतिबद्धता जोहर गरेका छन ।


प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले खेलाडी प्रोत्साहन गरिने कार्यक्रम सराहनिय भएको बताए । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा भएको कार्यक्रममा जिसस प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि, वडाध्यक्ष शुशिल भट्ट बिशिष्ठ अथिति, बिशिष्ठ अतिथिमै नेपाल ओलम्पिक कमिटिका सदस्य एव नेपाल बोक्सिङ्ग संघका केन्द्रीय अध्यक्ष राम अवाले सहित खेलकुद समितिका पदाधिकारी, खेलुकदका कर्मचारी, प्रशिक्षक, खेलाडीको सहभागिता रहेको थियो भने कार्यक्रम जिल्ला खेलकुद कञ्चनपुर का कार्यालय प्रमुख गोपाल दत्त भट्टले गरेका थिए ।


















