खाेज्नुहाेस

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
file photo

बझाङ – सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

navjiwan hospital

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्क बिच्छेद भएको छ । शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरु रोकिएको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरि सडक खुलाउने अधिकारी अ¥यालको भनाई छ ।

अपडेट खबर : जयपृथ्वी राजमार्ग सुचारु