खाेज्नुहाेस

बझाङमा माओवादी संग मात्रै गठबन्धन गर्ने कांग्रेसको घोषणा

Image

बझाङ – बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र संग मात्रै गठबन्धन गर्ने जनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो । नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा रहने उल्लेख गर्दै गठबन्धन नगर्ने उसको भनाइ छ ।

navjiwan hospital

जिल्लाभरका कांग्रेसबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै माओवादीसँग मात्र गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ।’

godawari nagarpalika dadhelo
attariya hospital

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी भएको र एकल निर्णयका साथ अगाडि बढेको गुनासो व्यापक आएकाले कांग्रेसले त्यस्तो निर्णय गरेको बताइएको छ । बझाङमा जनमतको हिसाबले आफू पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो स्थानमा रहने कांग्रेसको ठहर छ ।