खाेज्नुहाेस

बझाङमा अरिंगालको टोकाइबाट बालिकाको मृत्यु

Image

बझाङ – बझाङमा अरिंगालले टोकेर एक बालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीया छोरी किस्मा सुनारको अरिंगालको टोकाइका कारण मृत्यु भएको हो ।

navjiwan hospital

बिहीबार बिहान घरनजिकै ओखर खोज्न जाने क्रममा अरिंगालले टेकेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

बालिकामाथि अरिंगालको गोलो नै पसेको र उनलाई अरिंगालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।