काठमाण्डौंबाट मुम्बई जान लागेको जहाजमा कैलाली प्रहरीले आतंकवादी छ भन्ने सूचना पठाएपछि यात्रु ओरालेर चेकजाँच सुरु गरिएको छ ।

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको हो ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ । जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।
अपडेट : कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ



















