डडेल्धुरा – आज २०६औँ अमरसिह स्मृति दिवस मनाईदै छ । राष्ट्रिय विभूति अमरसिंह थापा १८०८ मा सिरानचोक गाउँपालिकामा जन्मिएका थिए ।

नेपालको एकीकरणमा समयमा जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमा गाभ्ने काममा उनले नेतृत्व गरेका थिए । उक्त कामका लागि उनले डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रमा उनले विजय हासिल गरेका थिए ।

यसैबिच डडेल्धुराको अमरगढी नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । अमरसिंह स्मृति दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ ।




















