खाेज्नुहाेस

नुहाइरहेकी किशोरीमाथि करणी प्रयास गर्ने बझाङका एक जना पक्राउ

Image

बझाङ – नुहाईरहेकी किशोरीमाथी करणी प्रयास गर्ने बझाङका एक जना पक्राउ परेका छन ।

१७ वर्षिया किशोरीलाई नुहाईरहेको बेला करणी प्रयास गर्ने जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी किशोरीलाई मदिरा सेवन गरी नेगीले करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

नेगीले किशोरीलाई धाराभन्दा केही तल लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

२३ गते पक्राउ परेका नेगीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।