खाेज्नुहाेस

तुईन चढेको फोटोमा मेयर हर्क साम्पाङले लेखे ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके ?’

Image
file photo

अत्तरिया – धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले तुईन चढेको फोटो सामाजिक संजालमा पोष्ट गर्दै यस क्षेत्रका जपप्रतिनिधिप्रति व्यगं गरेका छन । उनले तुइनमा नदी पार गरिरहेकी महिलाको फोटो पोष्ट गर्दै लेखेका छन ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके ?’

navjiwan hospital

तुइन चढेर नदी पार गर्ने क्रममा ज्यान गएको घटना बाहिरिएपछि यो बिषय चर्चामा आउने गरेको छ । सोही क्रममा बुधबार दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपाल तर्फआउने क्रममा तुइनबाट खसेर बेपत्ता भएपछि पुन यो बिषय चर्चामा छ । दार्चुलामा मात्रै पछिल्लो २५ बर्षमा तुईनबाट नदी पार गर्ने क्रममा २६ जनाले ज्यान गुमाएका छन ।

attariya hospital

मेयर साम्पाङले यसरी तुईन चढेको देख्दा पनि बेवास्ता गर्ने जनप्रतिनिधिलाई बेस्सरी गाली गर्न मन लागेको लेखेका छन । सामाजिक कामबाट चर्चामा आएर मेयरमा निर्वाचित साम्पाङ सामाजिक संचालमा पनि निकै सक्रिय छन ।