खाेज्नुहाेस

बझाङमा लडेर घाइते भयका २ जनाको हेलिकप्टरबाट उद्दार

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको साइपाल गाउँपालिकामा भीरबाट लडेर घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घाइते हुनेमा साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया रहेका छन् ।

घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भीरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

घाइते रोकायाको स्थानियले उद्धार गरी धुली आधारभुत स्वास्थ्य चौकिमा उपचार गराए पनि टाउँको, निधार, घाँटी, अनुहारमा चोट भएकाले थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरी नेपालगन्ज पठाएको साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताए ।

स्थानियका अनुसार घाइते रोकाया केहि महिना देखि साइपाल गाउँपालिकामा पर्ने यार्सा संकलन क्षेत्र चाल्ना बनमा यार्सा टिप्न गएका र शनिबार साँझ घर फर्कने क्रममा पानीले बाटो चिप्लो भएकाले भिरबाट लडेर घाइते भएको बताएका छन् ।

यस्तै साइपाल गाउँपालिका –३ काँडाका ३३ बर्षिय पुर्ण बहादुर बोहरा पनि ढोगदिना भन्ने जंङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएका छन् । बोहरालाई पनि थप उपचारको लागि हेलिकप्टर मार्फत नेपालगन्ज पठाइएको छ ।