खाेज्नुहाेस

बझाङमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला

Image

रमेश बहादुर सिँह/बझाङ – बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाँउपालिका – ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको भिमलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

बोहरा शुक्रबार दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

मृतकको शव पोष्टमार्टमाका लागी जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।

बोहराले आत्महत्या गरेको या हत्या भएको भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाले बताए ।