
बझाङ – बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका – ८ जसपाला बस्ने २४ वर्षीय राजन बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।
उनलाई सानीगाड लघु जलविद्युत आयोजनामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















