रमेश बहादुर सिह/बझाङ – बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका– ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


उक्त दुर्घटनामा परी नेपाली कांग्रेस बझाङका जिल्ला सभापति खडक बोहरा सहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

















