रमेश बहादुर सिह / बझाङ – बझाङमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । आज बिहान जीप दुर्घटना हुँदा चालक तथा जीप धनी ४० वार्षिय जय बहादुर सार्कीको मुत्यु भएको हो ।

किदालबाट भाडेबजार आउन लागेको से १ ज ६७३ नम्बरको जीप सडक माथिबाट खसेको दुङ्गा लाग्दा दुर्घटना भएको थियो ।


जीप सडक बाट १०० मिटर तल सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर बिस्टले बताएका छ्न ।
जीप चालकको भने भीरमा शव फेला परेको उनले बताए ।

















