रमेश बहादुर सिह/बझाङ – बझाङमा सोमबार नेकपा एमालेले आयोजना गरेको जनसभामा सहभागि एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।
बित्थडचिर गाउँपालिका –४ देउलेख घर भएका १८ बर्षीय कमल बोहराको खोलामा डुबेर मृत्यु भएको हो ।



जनसभामा सहभागी बोहरा नजिकै रहेको बाउली खोलामा पौडी खेल्न गएका बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजेको समयमा जनसभा चलिरहेको समयमा गर्मी भएर खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको थियो ।
मृतक बोहोराको पोस्मार्टमका लागि जिल्ला अस्पताल बझाङमा लागिएको प्रहरीले जनाएको छ ।

















