
बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार घाँस काट्न गएकी उनी भिरबाट करिब २ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र खातीले बताएका छन ।


















