बझाङ – आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गरेको खुलेको हो ।

आमा खेतमा मल लगाउन गएको मौका छोपी किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाएकी थिइन् ।
घटनाबारे थापा पाएपछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।
















