खाेज्नुहाेस

बझाङमा ‘घरघरमा जाऔँ, कांग्रेस जिताउ’ अभियान सुरु हुँदै

Image

रमेश बहादुर सिह/बझाङ – नेपाली कांग्रेस बझाङले ‘घरघरमा जाऔँ, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरिने भएको छ । बैसाख ३० गते आउने चुनावलाई मध्येनजर् गर्दै सो अभियान सञ्चालनको तयारी गरिएको सभापति खड्क बहादुर बोहराले बताए ।

‘जिल्लामा हरेक टोल टोलमा गएर समिति विस्तार गर्न अभियान जारी रहेको छ । अब केहि दिन बाट जिल्लाबाट टोली बनाएर घरघरमा पुग्ने अभियान सुरु गरिने छ’ उनले भने ‘हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट ‘घरघरमा जाऔँ, कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।’

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव उत्तम बहादुर रोकायाले बताए । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो ।

पार्टीको सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पु¥याउनका लागि यो अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति बोहराले बताए । उक्त अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएका छन ।