आशिष बहादुर सिंह/बझाङ – ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फागुन २४ गते आजैका दिन मात्र महिला अधिकारका कुरा महिला अधिकार कुरा नारामा मात्र सिमीत भएका छन् ।
महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाइने गरिन्छ । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो । बिभिन्न योजना काम गर्ने महिलाहरुको आफूमाथि श्रम शोषण दमन र अत्याचार भएको महसुस गरको जयपृथ्बी नगरपालिका – १ कि वडा सदस्य भद्रकला देबी सिंहले बताईन् ।



अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा विस १९७५ देखि मनाउन थालिएको हो । तर पछिल्लो समय नेपालका धेरै महिलाहरु सार्वजनिक क्षेत्रमा प्रवेशसँगै रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने जस्ता विषयहरुमा केन्द्रित हुन थालेका छन् र बहसहरु पनि दिनदिनै चलिरहेका छन् ।

आधा आकाश ढाकेका नारी जातीहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन हो । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले ईट्टा थप्ने काम गर्ने छबिस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अंकल धामीले बताए ।
देश संघियतामा प्रवेश गरेसँगै संघ, प्रदेश र स्थानीय सबै तहमा महिलाहरुलाई समेटिएको छ । संविधान सभा २०७४ को चुनावमा महिलाहरुलाई संघ, प्रदेश र स्थानीय गरी तिनै तहमा अनिवार्य रुपमा समेट्ने व्यवस्था गरेको हुँदा पनि सरकारले महिलाहरुलाई प्राथमिकता राखेको भन्ने आम जनमानसमा राम्रो सन्देश दिन नसकेको नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए ।














