खाेज्नुहाेस

बझाङमा जीप दुर्घटना हुँदा चार जना घाइते

Image

रमेश बहादुर सिह/बझाङ – बझाङको मष्टा गाउपालिकामा जीप दुर्घटना भएको छ । हिजो राती ८ बजे चैन्पुर बाट मष्टा गाउपालिका गइरहेको सुपप्र ००१ ज १२१९ नम्बरको जीप मष्टा गाउपालिका वडा नम्बर २ बाडे गाउको तल्लो मोडमा दुर्घटना भएको हो ।

navjiwan hospital

९ जना सबार रहेको उक्त जीप सडक बाट २५ मिटर तल खस्दा चालक गम्भिर घाइते भएको र अन्य ३ जना सामान्य घाइते भएको  जिल्ल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

घाइते हुनेमा मष्टा गाउपालिका ७ कि १८ बर्षिया कमला द्धाल , सोहि ठाउका ४५ बर्षिया गोरख द्धाल , अँग बहादुर बोहरा , जीप चालक शान्त बोहरा रहेका छन् ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको जनाइएको छ । जीप दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन ।