रमेश बहादुर सिह/बझाङ – प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । बिहिवार ईकाईले सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरकृया कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले गरेका काम तथा क्रियाकलापको बारेमा जानकारी दिइएको थियो ।


कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने परियोजनाको सोच रहेको कार्यालय प्रमुख सबिता जोशीले वताएकी छिन । समग्र कृषि शृङ्खलाका आवश्यकताहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिककरण उन्मुख दिगो आर्थिक सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पु-याउने बताईएको छ । कृषिको आधुनिकरण र व्यवसायिकरणका लागि बिशिष्टकृत कृषि क्षेत्रहरुको विकास गरिने उल्लेख गरिएको छ ।

परियोजनाले जिल्लामा आलुखेती, दहलन बाली (सिमि), सुन्तलाजात, जस्ता बालिहरलाई प्राथमिकता दिएको छ ।
जिल्लाका कृषि क्षेत्रमा निर्भर रहेका किसानहरुलाइ बीउ उपलब्ध गराउने, आलुखेती प्रबिधि तालिम दिईने, माईक्रो न्युट्रीयन, बिसादी, अनुदान, साना सिचाइ मर्मत गर्ने लगायतका सेवाहरु प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले दिंदै आएको छ ।
लेकाली आलुको प्रबर्द्धन गर्नुपर्ने, खायन आलु क्षेत्र बिस्तार गर्ने, बीउ आलु उत्पादन र भण्डारणमा सहयोग गर्ने, बजारीकरणमा सहजीकरण गर्ने आलुजोनको योजना रहेको जनाईएको छ ।
कृषिको व्यवसायिकरण मार्फत औद्योगिकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र बालिहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रमहरु संचालन गर्नु आवस्यक रहेको परियोजना कार्यालयले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लामा कार्यरत पत्रकार, सरोकारवाला लगायतको उपस्थिति रहेको थियोे ।














