खाेज्नुहाेस

बझाङमा विद्युत अवरुद्ध हुने समस्या हट्न सकेन

Image

बझाङ – राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भएपनि बझाङमा विद्युत अवरुद्ध हुने समस्या हट्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन पुगेको चार वर्ष भइसक्दा पनि विद्युत् सेवा अनियमित हुन थालेपछि यस क्षेत्रको जनजीवन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

अहिले बादल लाग्दा, हावा चल्दा र पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गर्दछ । ‘अब राष्ट्रिय लाइन आयोजना बिजुलीका दुःख हट्ने भयो भनेर खुसी भयौँ,’ सदरमुकाम चैनपुरका स्थानीय प्रेम बमले भने ‘झन् पहिलाको भन्दा बढी अवरुद्ध हुन थाल्यो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

देश लोडसेडिङ मुक्त भनेर घोषणा भएको छ । हामी भने हप्तौँसम्म अन्धकारमै बस्नुपरेको छ ।’ पुस र माघ महिनामा हिमपात हुँदा बझाङको विद्युत् सेवा १० पटकभन्दा बढी अवरुद्ध भइसकेको र माघ अन्तिम साता त हप्तादिनभन्दा बढी विद्युत् नआएको उनले बताए ।

विद्युत् सेवा नियमित नभएका कारण उद्योग व्यवसाय ठप्प हुने गरेको छ । ग्रिल उद्योग सञ्चालक रमेश जोशीले भने ‘विद्युत् नियमित नहुँदा उद्योग बन्द गरेर बस्नुपर्छ । कामको चाप भए पनि हात बाँधेर बस्नुपर्छ ।’ पाँच जनालाई रोजगारी दिइरहेको उनको उद्योग विद्युत् अनियमितताले पटक–पटक बन्द गर्नुपर्दा कर्मचारीलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए । विद्युत् नभएका कारण कार्यालयका दैनिक कामकाज, बैंकिङ सेवा पनि प्रभावित हुने गरेका छन ।

यता नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण केन्द्रका निमित्त प्रमुख हरेन्द्र राय यादवले भने बैतडीदेखि बझाङसम्मको लाइनको दूरी पनि स्वाभाविकभन्दा लामो भएका कारण पटकपटक समस्या आउने गरेको बताए ।

उनले झन्डै ९० किलोमिटर लामो लाइन भएको र अधिकांश हिमाली क्षेत्रमा पर्ने भएकोले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको बताए । बझाङको लाइनमा डडेल्धुरामा विद्युत् बिग्रँदा पनि बझाङबाटै गएर मर्मत गर्नुपर्ने भएको हुनाले पनि यो समस्या देखिएको उनको भनाइ छ ।