खाेज्नुहाेस

बझाङको साइपाल क्षेत्रका बासिन्दा भोकमरीको चपेटामा

Image

रमेश बहादुर सिह/बझाङ – साइपाल गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न अभाव हुँदा सो क्षेत्रका बासिन्दा भोकमरीको चपेटामा परेका छन । बझाङको उत्तरी चीन नाका नजीक रहेको साईपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का बासिन्दाहरूलाइ खाद्यान्न ढुवानी नहुँदा भोकमरीको चपेटामा परेका हुन । माघ २० देखि परेको भारी हिमपात भएका कारण खच्चड र भेडाचेङ्राबाट ढुवानी गर्न नसकिएपछि सो क्षेत्रमा खाद्यान्न संकट उत्पन्न भएको छ ।

साइपालको काडा क्षेत्रमा रहेको खाद्य डिपोमा खाद्यान्न सकिएपछि १ सय ६५ परिवार भोकमरीको चपेटामा परेको गाउँपालिका उपाध्यक्ष कल्पना बोहोराले बताइन् ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

उच्च हिमाली भेगको फेदमुनि रहेको साइपाल क्षेत्रमा उर्वरभूमी नभएको र सधै किनेर नै खाद्यान्नको जोहो गर्ने गरिएकोमा बाक्लो हिउँ जमेका कारण खाद्यान्न संस्थानले ढुवानी गर्न नसक्दा समस्या बढेको हो ।

चामल ढुवानीका लागि जिम्मा लिएका राजन कुवर र दलबहादुर विष्टले अहिले भेडा र खच्चडद्वारा ३२ कट्टा जति चामल पठाएको बताएका छन् ।

उब्जनी नहुने त्यो क्षेत्रका बासिन्दाहरू हरेक बर्ष भोकमरीको समस्या भोग्दै आएका र आपूर्ति गर्न निकाएले समयमै खाद्यान्न पु¥याउन नसक्दा अहिले जौ, कोदो मात्रा खाएर बसेको स्थानीय उज्वल बोहोराले बताए ।

यातायातको संजाल नजोडिएको साइपाल गाउँपालिकाबाट जिल्लाको सदरमुकाम चैनपुर पुग्न ४ दिनको पैदलयात्रा गर्नुपर्न बाध्यता छ ।
यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएपछि आफुले गृहमन्त्रालयलाई परिपत्र गरिसकेको बताए ।