रमेश बहादुर सिह/बझाङ – बझाङमा जीप दुर्घटना हुँदा घाइते भएका सवारी धनी पुरक बहादुर सिहको मृत्यु भएको छ ।
सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको जीप दुर्घटना हुँदा घाइते भएका सिहको उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यृ भएको उनका आफन्त इश्वर बहादुर सिहले बताएका छन ।



शुक्रबार सु.प प्र ००१ च ००९१ नम्बरको जीप जयपृथ्वी नगरपालिका – २ मोत्तोलीमा दुर्घटनामा परेको थियो ।
यात्रुहरुलाइ घर छोडेर फर्किने क्रममा घुम्ती मोडमा जीप दुर्घटनामा परेको थियो ।जीपमा सबार सबै यात्रु उत्रिएकाले जीपमा चालक र सवारीधनी सिह मात्रै सवार रहेका थिए ।
जीप चालक भने सकुशल रहेका छन । जीप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।













