बझाङ – बझाङमा प्रहरी हवल्दारले एक जना जेष्ठ नागरिकलाई कुटेका छन । जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी हवल्दार हर्जित लुहारले मष्टा गाउँपालिका – ४ का ७० बर्षका जोगिरी बहादुर कठायतलाई निर्घात कुटपिट गरेका हुन ।

कडायतलाई प्रहरी हवल्दार लुहारले चैनपुर बजारमा कुटपिट गरेका थिए ।स्थानीयले प्रहरी हवल्दार रक्सिले मातेको बताएका छन ।


कुटपिट पछि बेहोस भएका कठायतालाई जिल्ला अस्पताल सिमखेतमा भर्ना गरिएको छ । उक्त घटना माथि छानबिन गरि प्रहरी हबल्दार लुहारलाई नियन्त्रणमा लिइएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताएका छन ।













