खाेज्नुहाेस

टिप्परले ठक्कर दिँदा बझाङका एक युवकको काठमाण्डौमा मुत्यु

Image

रमेश बहादुर सिँह/बझाङ – टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा बझाङका एक युवकको मृत्यु भएको छ ।

काठमाण्डौमा बा४ख ६८४३ नम्बरको टिप्परले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बझाङको थलाराका २४ वर्षिय बसन्त विष्टको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

टिप्परको ठक्करबाट घाईते उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्ट थलारा घर भई हाल ललितपुर बस्दै आएका थिए । सोही दुर्घटनामा बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबिघाट बस्ने २६ वर्षीय निखिल बम गम्भीर घाइते भएका छन् ।

उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिप्परसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।