रमेश बहादुर सिह/बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार पत्रकार सम्मेलन गरि असोज ३१ गते देखि कार्तिक ३ गते सम्म परेको अविरल बर्षाका कारण आएको बाढी, पहिरोले मानविय तथा पूर्ण घर क्षेती भएकाहरुलाई वितरण गरेको राहातको रकम सार्वजनिक गरेको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाको थलारा, खप्तडछान्ना, वित्थचिर र छविसपाथिभेरा गाउँपालिकामा गरि जम्मा ३२ जनाको मृत्यु भएको थियो र, जिल्लाको जयपृथ्वी, बुंगल नगरपालिका, सुर्मा, केदारस्युँ, मष्टा गाउँपालिकाका पुर्ण घर क्षेती भएका गरि १ सय ९५ घर परिवारलाई राहात स्वरुप प्रति परिवार २० हजार रुपैयाँ वितरण गरेको बताए ।

तर, प्रशासनले वितरण गरेको राहात पाउनेको नाम बास्तविक पिडितको नभएर वडाअध्यक्षको आसेपासेको नाम राखेर राहत बुझेको बाढी पिडितहरुले बताएका छन् ।

आफुले आफ्नो भत्केको घरको फोटो सहित वडा कार्यालयको सिफारीस सहित प्रहरी मुचुल्का बुझाउदा पनि राहात नपाएको र आसेपासेका नामहरु राखेर बाढी, पहिरो पिडित भनेर राहात वितरण गरेको जयपृथ्वी नगरपालिका १ की पहिरो पिडित नविना सिंहले बताए ।
उनले भने ‘घरमा पहिरोले क्षेती गरेपछी ५ जनाको परिवार सहित आफुहरु हाल सम्म पनि छिमेकीको घरमा बस्दै आएका छौ । हामीले केहि राहात पाएका छैनौ । जस्को केहि क्षेती भएको छैन् । उसैले राहात बुझेको छ ।’ जिल्ला प्रशासन कार्यालयले सार्वजक गरेको राहत पाउनेको नामावलीमा ५० प्रर्तिशत नामहरु कुनै क्षेती नभएकाहरुको रहेको पीडितको आरोप छ ।
राहात पाउनेको नामावलीमा बाढी, पहिरोले कुनै क्षेती नभएका र किर्ते मुचुल्का गर्नेमा बढी सरकारी कर्मचारी र नेताका आफ्न्तहरु रहेका छन् । बास्तविक पिडितहरुलाई राहात नदिएर नेताका वरिपरि घुम्ने तथा बोल्न भन्न सक्नेहरुलाई राहात दिएर बास्तविक पिडितहरुको नामावली नसमेटिएकोले बास्तविक पिडितहरुलाई राहातको व्यवस्था गर्नुपर्ने नागरिक समाजका अगुवा धर्मजंङ बहादुर सिंहले बताए ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले झुटो मुचुल्का गराई राहात लिनेहरुको फेरी नामावली हेरफेर गरि बास्तविक पिडितहरुको पहिचान गरि राहात वितरण गरिने बताए ।
सरकारले पहिलो चरणको राहात स्वरुप जिल्लामा ७२ लाख ७० हजार रुपैयाँ राहात वितरण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । झुटो मुचुल्का गराई राहात लिनेहरुलाई फेरी नामावली हेरफेर गरि जरीवाना सहित रकम फिर्ता हुने प्रावधान छ ।


















