अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सरुवा भएको छ । उनले बर्दियाको गुलरियास्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएको हो । विनाडी २०८१ चैत महिनामा गौरीगंगाबाट गोदावरी नगरपालिकामा सरुवा भएर आएका थिए । करिब डेढ वर्ष पछि सरुवा भएका विनाडीलाई बुधवार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
नगरपालिकामा कार्यरत जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूल माला र मायाको चिनोसहित बिदाइ गरेका हुन् । नगर प्रमुख वीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिस पन्तलगायत जनप्रतिनिधि र कर्मचारीहरूले बिनाडीलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए ।


नगर प्रमुख वीरेन्द्र भट्टले बिनाडीले गोदावरी नगरपालिकामा रहँदा प्रशासनिक कामलाई व्यवस्थित बनाउन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पु¥याएको योगदानको प्रशंसा गरे । उनले सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ स्मरणीय रहने बताए ।
उपप्रमुख शारदा देवी रोकायाले पनि बिनाडीको कार्यकालमा भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना दिइन् । बिदाइ कार्यक्रममा बिनाडीले आफूलाई कार्यसम्पादनका क्रममा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे ।


















