खाेज्नुहाेस

गोदावरीमा प्रदेश राजधानी तोकिएको आठ वर्ष पुरा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकिएको आठ वर्ष पुगेको छ । २०७५ असोज १२ गते प्रदेश सभाको ४६औँ बैठकले गोदावरी नगरपालिका–२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।

navjiwan hospital

आठ बर्ष पुग्दा पनि भौतिक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । राजधानी निर्माणका लागि प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन सकेको छैन । हालसम्म अस्थायी राजधानी धनगढीबाटै प्रदेश सरकारको कामकारबाही सञ्चालन हुँदै आएको छ । गोदावरीमा राजधानी निर्माण नहुँदा स्थानीयले प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

attariya hospital

जग्गा प्राप्ति तथा भोगाधिकारको समस्या र अदालतमा परेको मुद्दाका कारण राजधानी निर्माणमा ढिलाइ भएको बताइएको छ । सर्वोच्च अदालतमा परेका दुई मुद्दा खारेज भइसकेकाले अब निर्माण प्रक्रिया अघि बढ्ने प्रदेश सरकारको भनाइ छ ।

भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाट सरलले यसै वर्ष गोदावरीमा राजधानी निर्माणको प्रक्रिया सुरु हुने दाबी गरेका छन् । उनले राजधानी निर्माणका लागि यसपटक बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने बताएका छन् ।