नुवाकोट – भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ ।

उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

उद्धार गरिएकी वृद्वा अचेत रहेको र स्वास्थ्य परीक्षणपछि स्थिति भन्न सकिने थापाले बताए । उनको नाम, वतन खुलेको छैन ।



















