काठमाडौँ– रसुवा बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा मान्छे फसेको आशंककाबीच खोजी कार्य गरिएको भए पनि केही नभेटिएको नेपाली सेनाले जनाएको छ।

सुरुङकाे करिब २ सय ५० मिटरसम्म नेपाली सेनाको उद्धार टोली पुगेको थियो। तर केही पनि नभेटिएपछि उद्धार टोली फर्किएको छ।

सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरिएको थियो। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

















