खाेज्नुहाेस

सेती अस्पताल सुधारको कार्ययोजना मुख्यमन्त्री समक्ष पेश

Image

धनगढी – सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह तथा भौतिक पूर्वाधार सुधारका लागि अस्पताल प्रशासनले कार्ययोजना तयार गरी मुख्यमन्त्रीसमक्ष पेश गरेको छ ।

मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल सुधारका लागि नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधार समेटिएको कार्ययोजना पेश गरिएको हो ।

attariya hospital

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा अस्पतालका कर्मचारीहरूको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्ययोजना पेश गरेको हो ।

navjiwan hospital

कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन । उनले विशेषगरी अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या लगायत अस्पतालको भित्री तथा बाहिरी वातावरणमा समेत सुधार गर्न निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सुधारका काम अघि बढाउन निर्देशन दिए ।

कार्ययोजना बुझाउँदै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले तत्काल गर्नुपर्ने सुधारका कामहरू सुरु भइसकेको जानकारी दिए । बाँकी सुधारका लागि आवश्यक नीतिगत निर्णय तथा बजेट व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

अस्पताल प्रशासनले तयार गरेको कार्ययोजनामा सेवा प्रवाहलाई व्यवस्थित बनाउनेदेखि भौतिक पूर्वाधार, सरसफाइ, इमर्जेन्सी सेवा तथा अस्पतालको समग्र वातावरण सुधारलाई प्राथमिकतामा राखिएको छ ।