खाेज्नुहाेस

विद्यालयमा आइतबार बिदा नदिने निर्णयबाट पछि हट्यो कृष्णपुर नगरपालिका

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आइतबारको बिदा पुनः संघीय सरकारले तोके बमोजिम लागू गरेको छ । यसअघि वैशाख ३० गते नगर कार्यपालिकाको बैठकले आइतबार कृष्णपुरका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मंगलबार बसेको कार्यपालिका बैठकले पुरानो आफ्नो निर्णयलाई उल्ट्याउँदै आइतबार पनि बिदा दिने निर्णय गरेको हो ।

attariya hospital
navjiwan hospital

प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले वर्षे बिदालाई ३० दिनमा समायोजन गरेको अवस्थालाई मध्यनजर गर्दै आइतबार बिदा दिने निर्णय भएको बताए ।

संघीय सरकारले चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सातामा दुई दिन शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।