अत्तरिया – नेपालका आर्थिक रूपमा विपन्न तर अध्ययनमा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई लक्षित गर्दै ‘प्रोजेक्ट अवसर (Project Awasar)’ ले देशकै पहिलो Need-and-Performance Based Undergraduate Scholarship कार्यक्रम घोषणा गरेको छ।
क्रिएटिङ अपर्चुनिटिज (Creating Opportunities) र वात्सल्य सदन (Vatsalya Sadan) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यो कार्यक्रम १०० ग्रुप र डिजिटल एभरेष्ट (Digital Everest) सँगको सहकार्यमा सञ्चालन हुनेछ।


कार्यक्रमअन्तर्गत चार वर्षे स्नातक अध्ययनको पहिलो चक्रमा रहेका ६० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। छात्रवृत्तिसँगै विद्यार्थीलाई आर्थिक सहयोग, अनुभवी व्यक्तिहरूबाट मेन्टरशिप, सीप विकास तालिम तथा दीर्घकालीन फेलोसिप नेटवर्कमा आबद्ध गराइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका तर उत्कृष्ट शैक्षिक क्षमता भएका विद्यार्थीलाई लक्षित गरेको छ।
छात्रवृत्तिका लागि आवेदन खुला भइसकेको छ भने आवेदन दिने अन्तिम मिति २०८३ असार ३२ गते तोकिएको छ। इच्छुक विद्यार्थीले आयोजकले उपलब्ध गराएको अनलाइन आवेदनमार्फत फाराम भर्न सक्नेछन्।
यस सम्बन्धी थप जानकारीका लागि ९८१८७८६४२, ९८१४७४०७८५, ९८४४४४०९६४ र ९८०११२७६७२ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।


















