खाेज्नुहाेस

स्नातक छात्रवृत्ति तथा फेलोसिप ‘प्रोजेक्ट अवसर’को आवेदन खुल्दै

Image

अत्तरिया – जेहेन्दार तथा आर्थिक रूपमा सहयोग आवश्यक भएका विद्यार्थीहरूलाई लक्षित गर्दै नेपालकै पहिलो PIN (Performance, Impact & Need) आधारित स्नातक तह (Bachelor) छात्रवृत्ति तथा फेलोसिप कार्यक्रम ‘प्रोजेक्ट अवसर’ घोषणा गरिएको छ।

Creating Opportunities र Vatsalya Sadan को संयुक्त पहलमा सञ्चालन हुन लागेको उक्त कार्यक्रममार्फत पहिलो चरणमै नेपालभरका ५० भन्दा बढी योग्य तथा प्रतिभाशाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

attariya hospital
navjiwan hospital

आयोजकका अनुसार ‘प्रोजेक्ट अवसर’ ले विद्यार्थीहरूको शैक्षिक प्रदर्शन, सामाजिक प्रभाव तथा आर्थिक आवश्यकतालाई आधार मानेर छनोट गर्नेछ। कार्यक्रमले आर्थिक सहयोग मात्र नभई मेन्टरसिप (मार्गदर्शन), विभिन्न सीप विकास तालिम तथा आजीवन फेलोसिप सञ्जाल (Lifelong Fellowship Network) मा आबद्ध हुने अवसर समेत प्रदान गर्नेछ।

कार्यक्रमको आवेदन प्रक्रिया चाँडै खुल्ने बताइएको छ। छात्रवृत्तिमा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई थप जानकारीका लागि आयोजकसँग सम्पर्कमा रहन आग्रह गरिएको छ।

Creating Opportunities का प्रतिनिधिहरूका अनुसार यस कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका प्रतिभावान विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

थप जानकारी, साझेदारी तथा सोधपुछका लागि ९८४४४४०९६४ र ९८०८०६८८७० नम्बरमा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने जनाइएको छ।