खाेज्नुहाेस

अत्तरियामा सञ्चालनमा नआउँदै जीर्ण बन्यो कोल्ड स्टोर

Image

अत्तरिया – कैलालीको अत्तरियामा निर्माणाधीन अवस्थामै रहेको कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । अत्तरियाको कृषि उपज थोक बजारमा २०७४ सालदेखि निर्माण सुरु गरेर लामो समय सम्म अलपत्र अवस्थामा रहेको कोल्ड स्टोर जीर्ण बनेको हो । सुरुमा ट्रस्ट तयार गरेर लामो समय देखि अलपत्र रहेको कोल्ड स्टोर गत वर्ष प्रदेश सरकारले उपकरण जडान गर्दा पनि अधुरै रहेपछि निर्माण गरेका सामान पनि फेर्नु पर्ने अवस्था आएको छ ।

२०७५ सालमा संघीय, स्थानीय सरकार र कृषि उपज थोक बजार व्यवस्थापन समितिको लगानीमा कोल्ड स्टोरको ट्रस्ट निर्माण गरिएको थियो । त्यसपछि ७ वर्ष ट्रस्ट मै सीमित रहेको कोल्ड स्टोर सञ्चालनका लागि प्रदेश सरकारले ९२ लाख खर्चेर गरे पनि अझै काम बाँकी रहेको भन्दै चालु आर्थिक वर्षमा पनि ९ लाख बजेट विनियोजन गरिएको छ ।

attariya hospital

हाल कोल्ड स्टोर चुहिन थालेको र ल्याब पनि जीर्ण भइसकेकाले ९ लाख बजेटले सञ्चालन गर्न सक्ने अवस्था नरहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज जोशीले बताए । उनले कृषि विकास निर्देशनालय डोटीले गत वर्ष नै उपकरण जडान गरेर निर्माण सम्पन्न भएको रिपोर्ट गरे पनि सञ्चालन गर्ने अवस्था नै नभएपछि आफूहरूले थप बजेट माग गरेको बताए । उनले चालु आर्थिक वर्षमा ९ लाख मात्रै विनियोजन गरिएकाले सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको बताए ।

navjiwan hospital

‘अस्ति हामीले प्राविधिक पनि ल्याएर आएका थियौ । प्राविधिकले टेक्निकल रुपमा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै थप बजेट आवश्यक पर्ने बताएका थिए’ उनले भने ‘निर्देशनालयमा पहिला नै निर्माण सम्पन्न भएको भनिएको रहेछ । बजेट अब कसरी हाल्ने भनेर छलफल भइरहेको छ ।’

उनले हाल छुट्याएको साढे ९ लाख बजेटले कोल्ड स्टोरको दोस्रो तलाको च्यानल हाल्नको लागि खर्च गरिने भनिएको बताए । उनले कोल्ड स्टोर लिकेज भएकाले त्यसका लागि प्यानल फेर्नुपर्ने बताए । उनले प्यानलहरू धमिराले खाएको बताए । कोल्ड स्टोर लामो समय देखि अलपत्र परेकाले तत्काल सञ्चालन गर्नको लागि आफूहरूले दबाब दिइरहेको उनले बताए ।

कृषि विकास निर्देशनालय डोटीका कृषि इन्जिनियर कोष राज बुढाले कोल्ड स्टोर सञ्चालनका लागि के के आवश्यक पर्छ भनेर प्राविधिकलाई भिजिट गराइएको बताए । उनले प्राविधिकको रिपोर्ट आउन बाँकी रहेको बताउँदै रिपोर्ट आएपछि आवश्यक सामाग्री जडान गरेर सञ्चालनमा आउने बताए । उनले चालु आर्थिक वर्षमा कोल्ड स्टोरका लागि ९ लाख छुट्याइएकोले उक्त रकमले सञ्चालन हुने नहुने बारेमा भने स्टमेट रिपोर्ट आएपछि थाहा हुने बताए ।

गोदावरी नगरपालिका – १ मा रहेको कोल्ड स्टोरको कृषि उपज थोक बजार समितिले ९ लाखको लागतमा २०७४ सालमै फाउन्डेसन तयार पारेको थियो । पछि संघीय सरकार र स्थानीय सरकारको ९५ लाखको लागतमा कोल्ड स्टोरको ट्रस्ट तयार गरिएको थियो । तर, ट्रस्ट निर्माणका लागि ३ सय मेट्रिक टनको स्टमेट गरेर ठेक्का सम्झौता गरिएको भए पनि फाउन्डेसन ३२७ मेट्रिक टनको हुँदा सम्झौता अनुसार केही कोल्ड स्टोरको पफप्यानल कम परेर ट्रस्टको काम समेत अधुरो रहेको थियो ।

त्यसपछि प्रदेश सरकारले बाँकी रहेको ट्रस्ट र उपकरण जडानको काम गत वर्ष नै सकेको भए पनि पुनः काम बाकी रहेको भन्दै सञ्चालनमा ढिलाइ गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी काम पुरा गरेर सञ्चालन गर्ने भनिए पनि विनियोजन गरिएको रकम नै अपुग भएमा पुनः अलपत्र पर्ने देखिएको छ ।