खाेज्नुहाेस

गोदावरी आर्यघाटको उद्घाटन, एकपटकमा ७ वटा शवहरु जलाउन मिल्ने

Image

अत्तरिया– कैलालीको गोदावरी आर्यघाटको उद्घाटन गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आर्यघाटको उद्घाटन गरेका हुन ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारको १ करोड र पर्यटन विभागको २ करोड गरी ३ करोडको लागतमा निर्माण भएको सो आर्यघाट एकपटकमा ७ ओटा शवहरु जलाउन मिल्ने गरी बनाईएको छ । नगरप्रमुख भट्टले आर्यघाटको उद्घाटन भएसँगै अब गोदावरीमा दाहसंस्कार गर्न समस्या नहुने बताए । उनले यसअघि पानी अभावका कारण गोदावरीमा दाहसंस्कार गर्न समस्या हुने गरेकोमा अव व्यवस्थीत रुपमा आर्यघाट सञ्चालनमा आएसँगै पानी लगायतका समस्याको समेत समाधान भैसकेको बताए ।

attariya hospital

उनले गोदावरीमा दाहसंस्कारका लागि आउने मानिसहरुलाई शव जलाउन र बगाउन समस्या नहोस भन्नका लागि नै वृहत र व्यवस्थीत आर्यघाट निर्माण गरिएको बताए । गोदावरी नगरपालिका का मात्रै नभई वरपरका ६ वटा पालिकाहरुबाट समेत गोदावरीमा दाहसंस्कारका लागि आउने गरेको उनको भनाई छ । ‘यहाँ गोदावरी नगरका मात्रै नभई वरपरका ६ वटा स्थानिय तहबाट समेत दाहसंस्कारका लागि आउने गर्दछन्’ उनले भने ‘यहाँ दाहसंस्कार गर्न आउनेहरुको सहजताका लागि विभिन्न सेक्टरबाट सहयोग मागरे हामीले यो आर्यघाट निर्माण गर्न सफल भएका छौ ।’ उनले आर्यघाटमा दाहसंस्कारका लागि आउनेहरुबाट कुनै शुल्क नलिईने समेत बताए । ‘आर्यघाट बनाईसकेपछि दाहसंस्कारको निश्चित रकम लिने कार्य गरिन्छ, तर हामी त्यसो गर्दैनौ’ उनले भने ‘हामीले निःशुल्क रुपमा अन्त्येष्टि गर्न दिनेछौ ।’ उनले आर्यघाटको व्यवस्थापनका लागि २ जना कर्मचारी राखिने पनि बताए ।

सो आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएको छ । त्यसबाहेक आर्यघाटमा ३ लाख लिटर क्षमताको ठूलो पानी ट्याङ्की पनि निर्माण गरिएको छ । पानी नभएको समयमा आर्यघाटमा दाहसंस्कारका लागि पानीको सुनिश्चिचता गर्न ट्यांकी निर्माण गरिएको नगरप्रमुख भट्टको भनाई छ । आर्यघाटन निर्माणका लागि नगरपालिकाले जगदम्बा भवानी जेभीसँग ठेक्का सम्झौता गरेको थियो । आर्यघाटमा यसअघि कालोपत्रे सडक, प्रतिक्षालय तथा ४ कोठे क्रियापुत्रीघर सोत निर्माण गरिसकिएको छ ।